सप्तकोसी / समाचार लेखेको बिषयलाइ लिएर सामाजिक संजालमा पत्रकार झा लाई ज्यान मार्ने धम्की दिने नसरुल राजाले माफी मागे पछि महासंघ शाखा सप्तरीले थालेको आन्दोलनको सबै कार्यक्रम फिर्ता लिएको छ ।

पत्रकार अबधेशकुमार झाले केहि समय अघि कान्तिपुर दैनिक मा राजविराज नगरपालिकाको कार्यालयमा देखिएको बेतिथि विरुद्ध समाचार लेखेका थिए । सोही समाचारलाई लिएर स्थानीय नसरुलले सामाजिक संजाल मा पत्रकार झाको फोटो राखेर ज्यान मार्ने धम्कीसहितको पोष्ट गरेपछि पत्रकार महासंघ शाखा सप्तरीले आन्दोलन गर्दै आएको थियो ।नेपाल पत्रकार महासंघ शाखा सप्तरीले पत्रकार लाइ ज्यान मार्ने धम्की दिनेलाइ पक्राउ गरि कार्बाहिको माग गर्दै जिल्ला प्रहरी कार्यलयमा निवेदन दिए पछि जिल्ला प्रहरी कार्यालय सप्तरीले आरोपी नसरुललाई हिरासतमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइ रहेको वेला आरोपी नसरुलले माफी मागि कानूनी प्रक्रिया पूरा गरेपछि पत्रकार झाकै सहमतिमै नसरुललाइ रिहा गरिएको महासंघका शाखा अध्यक्ष श्रवणकुमार देब र सचिव रामनारायण विश्वासले हस्ताक्षर गरेको बिज्ञप्ति मा उल्लेख गरिएको छ।


जिल्ला प्रहरी कार्यलय सप्तरीमा भएको छलफलमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीको तर्फबाट अध्यक्ष श्रवण देव, पूर्व अध्यक्ष जितेन्द्र खड्गा, पीडित पत्रकार अवधेश कुमार झा र आरोपित नसरुलको तर्फबाट अधिवक्ता मोहम्मद समिम लगायतको उपस्थिति रहेको थियो । दुबै पक्षको सहमतिसँगै नेपाल पत्रकार महासंघ शाखा सप्तरीले थालेको सम्पुर्ण आन्दोलनको कार्यक्रम फिर्ता लिएको महासंघ द्वारा जारि गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

Facebook Comments Box