सप्तकोसी / सप्तरीको सप्तकोसी नगरपालिका मा रहेको मनकामना बहुमुखी सहकारी सस्था फत्तेपुर को १४ औं बार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ।
सप्तरीको सप्तकोसी नगरपालिका र कंचनरुप नगरपालिका को फतेपुर,कंचनपुर ओद्राहा,कमलपुर,पिप्रापुर्ब,जगतपुर र धरमपुर लाई कार्यक्षेत्र बनाइ २०५७ साल मा स्थापना भएको सहकारीमा ५ सय ३१ जना सेयर सदस्य रहेका छ्न। सहकारीको १४ औं बार्षिक साधारणसभा मा सस्था को आ.ब.२०७८/०७९ को १४ करोड ६७ लाख ९५ हजार ४६ रुपैया ७२ पैसा बराबर को आय-ब्याय सस्थाका सहायक ब्याबस्थापक दिपककुमार खड्काले प्रस्तुत गरेका थिए।

सहकारी ले किसान हरुको जीवन स्तर उकास्ने उदेश्य राखी पशुपालन, कृषि ब्याबसाय लाई सहुलियत ब्याज दर मा कर्जा उपलब्ध गराउनु का साथै किसान हरु लाई दुग्ध खरिद बिक्री,मलखाध,बिउबिजन, चोकर समेतको सेवा प्रदान गर्दै आएको छ।गाउँ मा छरिएर रहेको पूंजीलाई संकलक को माध्यम बाट घर घर मा पुगि दैनिक बचत संकलन गरि कर्जा प्रबाह गरि सेयर सदस्य हरु लाई सेबा दिदै आएको सस्था का ब्याबस्थापक पिताम्बर बराल ले जानकारी दिए ।”मर्यादित ब्यबसाय र प्रबिधिमा सहकारी” भन्ने मुल नाराका साथ आयोजना गरिएको साधारण सभा मा अशोक चौधरी को अध्यक्षता मा र सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद ढकाल को प्रमुख आतिथ्यता मा सम्पन्न भएको कार्यक्रम मा कन्चनरुप नगरपालिका का नगर प्रमुख ललन प्रसाद गुप्ता,त्रियुगा सहकारी सस्थाका अध्यक्ष शम्भु बहादुर खड्का ,सप्तकोसी नगरपालिका वडा न १ का वडा अध्यक्ष रोहिणि प्रसाद पोखरेल लगायतले शुभकामना मन्तब्य राखेको कार्यक्रम सस्था का सहायक ब्याबस्थापक दिपककुमार खड्का ले सन्चालन गरेका थिए ।सस्थाको १४ औं साधरणशभाको अबसर पारेर सस्थाले आफ्ना वृद्ध सेयर सदस्यहरु लिलाइ सरदार ,डम्बर कुमारी राउत र न्यामित उत्कृष्ट बचत कर्ता लक्ष्मी शाह सुडि र उत्कृष्ट ऋणि तिलकबहादुर खड्का लाइ सम्मानका साथै सस्थाका उत्कृष्ट कर्मचारी अरुण थापा र बजार प्रतिनिधि सिर्जना कुमारी श्रेष्ठ लाइ पुरस्कृत समेत गरेको छ।सस्था बाट दैनिक उत्कृष्ट दुग्ध खरिद गर्ने ५ जनालाइ दुग्ध बोक्ने क्यान बितरण गरेको सस्थाका सहायक ब्याबस्थापक दिपक कुमार खडकाले जानकारी दिए।

Facebook Comments Box