पुस शुक्ल पूर्णिमाको अवसरमा सप्तरीको सप्तकोसी सहित ३ पालिकाले दिए सार्बजनिक बिदा



सप्तकोसी /सप्तरीको सप्तकोसी सहित ३ पालिकाले पुस शुक्ल पूर्णिमाको अवसरमा २२ गते शुक्रबार सार्वजनिक बिदा दिएका छ्न। हिन्दू धर्मावलम्बीहरुले विषेश महत्वका साथ मनाउने पुस शुक्ल पूर्णिमाको अवसरमा सप्तरीका ३ पालिका सप्तकोसी नगरपालिका ,राजबिराज नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाले सार्वजनिक विदा दिएका छ्न ।सप्तकोसी नगरपालिका, राजविराज नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाले बिहीबार एक सुचना निकालेर नगर कार्यपालिकाको कार्यालय लगायत मातहतको अति आबश्यक सेवा बाहेक सबै वडा कार्यालयहरु, विद्यालय र विषयगत शाखाहरुमा विदा दिएको जनाएको छ ।

पुस शुक्ल पूर्णिमाको दिन भव्य रुपमा कोशी नदी, ताल–तलैया, पोखरीलगायत जलाधारहरुमा स्नान गरी पूजा पाठ गर्ने माघस्नान आरम्भ तथा बिभिन्न स्थानमा मेला आयोजना गरि भव्य रुपमा पुसि पूर्णिमा मनाउने गरिन्छ।
सप्तकोशी नगरपालिका वडा न ६ स्थित म्याग्जिन चौरियामा पुसि पूर्णिामाको अवसरमा लाग्ने ऐतिहासिक तथा धार्मिक महत्व बोकेको कोशि मेलालाई भब्यताका साथ मनाउन सप्तकोशी नगरपालिकाले पुस २२ गते सार्वजनिक विदा दिएको नगरप्रमुख कृष्णा प्रसाद ढकालद्वारा बुधबार सुचना निकालेर पुस २२ गते नगरपालिकामा सार्वजनिक विदा दिएको जनाएको छ ।




