सप्तकोसी / तराइ मा बाक्लो हुस्सु संगै शितलहर बढेकाले सप्तकोसी नगरपालिका भित्र रहेका सम्पुर्ण बिधालयहरु ४ दिनको लागि बिदा दिएको छ। केहि दिन देखि यता तराइमा बाक्लो हुस्सु सहित सितलहर बढेकाले सप्तकोसी नगरपालिका भित्रका बिधालयहरु मङलबार देखि लागू हुने गरि ४ दिनका लागि बन्द हुने भएका छन ।सप्तकोसी नगरपालिकाले मङलबार नगर भित्र का सामुदायिक तथा सस्थागत बिधालयका प्र अ तथा प्रीन्सिपल हरु को संयुक्त बैठक राख्दै प्रमुख प्रसाशकिय अधिकृत रामदेब चौधरी ले गर्मि बिदा संग कटौती हुने गरी चार दिनको बिधालय बन्द गर्न सबै बिधालयका प्र अ तथा प्रीन्सिपलहरु लाइ आग्रह गरे। नगर भित्रका केही सस्थागत बिधालय मा परीक्षा चलिरहेता पनि परीक्षा सहित स्थगित गरि बिधालय बन्द गरि दिन आग्रह गर्दै प्रसाशकिय अधिकृत चौधरी ले भने हाल लाई बिधालय मा बिद्यार्थी को उपस्थिति नगर्न नगराउन तथा शिक्षक हरुले कार्यालय मा आइ अन्यकामकाज गर्न गराउन हुन आग्रह गरेका छन ।

सप्तकोसी नगरपालिका भित्र १२ वटा सामुदायिक र ११ वटा सस्थागत बिधालय रहेका छ्न। नगरपालिकाले यस अघि पनि पुस पहिलो साता जाडो बिदा दिइसकेको छ।

Facebook Comments Box