सप्तकोसी / सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा बुधबार ३०१ औं पृथ्वी जयन्ती विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाल सरकारले १६ बर्ष पछि ३ सय १ औ पृथ्वी जयन्तीका अवसरमा पुष २७ गतेलाइ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा सार्वजनिक बिदा दिए संगै सप्तकोसी नगरपालिका र राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तकोसी नगरकमिटिले संयुक्तरुप मा फत्तेपुर बस पार्कमा एक कार्यक्रम को आयोजना गरि पृथ्वी नारायण शाहको तस्बिर मा माल्यरपर्ण गरि कोण सभा गरि पृथ्वी जयन्ती मनाएको छ कोणसभा कार्यक्रम मा सप्तकोसी नगरपालिका का नगर प्रमुख कृष्ण प्रसाद ढकाल वडा न १ का वडा अध्यक्ष रोहिणि प्रसाद पोखरेल शिक्षक गणेश खडका राष्ट्रिय प्रजातन्त्र पार्टी का सप्तकोसी नगर इन्चार्ज तुलाराम लुइँटेल नेपाली काङ्ग्रेस नगरसभापति युवराज खनाल लगायत ले कोणसभा मा सम्बोधन गरेका थिए । यसैबीच दारि ग्याङ फत्तेपुरले रास्ट्र निर्माता र राष्ट्रिय एकताका सुत्रधार संस्थापक पृथ्वीनारायण शाहको ३ सय १ औँ जन्मजयन्तीको अबसर मा फत्तेपुरको मेन चौक मा बुधबार साझ दिप प्रज्वलन गरि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको अरुण कटवालले जानकारी दिए।

बुधबार सप्तकोसी लगायत देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती मनाएको छ । २०६३ साल मा नेपाल सरकार तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाले पृथ्वी जयन्तीका अवसरमा बिदा खारेज गरेपनि नयाँ नेतृत्वको सरकारले सार्वजनिक बिदा दिएको छ ।
पृथ्वीजयन्ती नेपाललाई एकीकरण गर्ने भएकाले उसलाई पुस्ताले सम्झिनुपर्छ भन्ने अडानमा नेपाली समाजको एक वर्ग अडिग रहेको छ ।

Facebook Comments Box