सप्तकोसी / सप्तरीको सप्तकोसी नगरपालिका वडा ८ ओद्राहा मा जारि तेस्रो वडा अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता को उपाधि गोलबजार ले जितेको छ । प्रोग्रेसिभ युवा क्लव ओद्राहा द्वारा संचालित तेस्रो वडा अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता को बिहिबार सम्पन्न फाइनल खेलमा सिराहा को गोलबजार प्रतिभा सरक्षण क्लव ले सिन्धुली को दुधौली स्पोर्टिङ क्लव लाई १-० गोल अन्तर ले हराउदै उपाधि जितेको छ। मा बि ओद्राहा को खेलमैदान मा भएको फाइनल खेलमा जित का लागि एक मात्र गोल गोलबजार का जर्सी न ७ का खेलाडी सन्जिब कार्की ले खेलको २१औ मिनेटमा गोल गरेका थिए। बिजेता गोलबजार ले नगद ५० हजार एक सय पचपन्न र शिल्ड हात पार्यो भने दुधौली स्पोर्टिङ क्लवले दोस्रो हुदै ३५ हजार १ सय पचपन्न रुपैया र शिल्ड हात पार्न सफल भयो। समापन खेल सम्म आइ पुग्दा नमोबुद्वयुवा क्लव खडक सप्तरी का खेलाडी कृपानन्द चौधरी ले हाइ स्कोर को उपाधी प्राप्त गरे भने बेस्ट प्लेयर को उपाधी गोलबजार का अमन लामा ले प्राप्त गरे।बेस्ट गोलकिपर गोलबजार का खेलाडी निश्चल मोक्तान ले पाए। बिजयी टिम लाइ कार्यक्रम का प्रमुख अतिथी सप्तकोसी नगरपालिका का प्रमुख कृष्ण प्रसाद ढकाल तथा सप्तकोसी नगरपालिका नगर उपप्रमुख रिता चौधरी ले शिल्ड तथा प्रमाण पत्र प्रदान गरेका थिए। प्रतियोगिता मा सप्तरी,सिराहा,उदयपुर,सिन्धुली ,र सुनसरीका गरि ८ ओटा टिम ले सहभागीता जनाएको आयोजक क्लब का अध्यक्ष नबनित चौधरी ले जानकारी दिए।

Facebook Comments Box