सप्तकोसी /मधेस प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवसको अवसरमा बिहीबार मधेस प्रदेशमा सार्वजनिक विदा दिएको छ । मधेस प्रदेश सरकारले मधेश आन्दोलन स्मृति दिवसको अवसरमा माघ ५ गते सार्वजनिक विदा दिएको हो ।
माघ ५ गते सार्वजनिक विदा भएकाले मधेश प्रदेशको ८ वटै जिल्लामा रहेका सरकारी कामकाजहरु बन्द रहने जनाएको छ । प्रदेश सरकारले मधेश आन्दोलनको क्रममा शहादत भएका शहिदहरुको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।

Facebook Comments Box