सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिका २ मा रहेको गोबर्द्धन जनता क्याम्पसको ब्यबस्थापन समितिको अध्यक्ष मा रमेश कार्की सर्बसहमत चयन भएका छ्न। गोबर्द्धन जनता क्याम्पसको पौष २८ गते भएको क्याम्पस परिषद भेला बाट पुरानो क्याम्पस ब्याबस्थापन समिति बिगठन भए पछि क्याम्पस ब्याबस्थापन समिति बिहिन रहको थियो।पौष २८ गते बसेको क्याम्पस परिषद भेला बाट सर्बसहमत ब्याबस्थापन समिति चयन हुन नसके पछि माघ ७ गते शनिबार लाइ परिषद भेला डाकिएको थियो शनिबार बसेको परिषद भेलाले रमेश कार्कीको नेतृत्वमा ११ सदस्यीय ब्याबस्थापन समिति सर्बसहमत चयन गरिएको छ।
परिषद भेलाले उपाध्यक्ष मा नरदेबि खत्री सदस्यहरु मा रमण कर्ण , बिपिन कुमार चौधरी, मान प्रसाद लुइँटेल ,बिष्णु देब यादव ,बिधानन्द चौधरी,बासुदेब चौधरी ,खड्गामाया भट्टराई ,रिता चौधरी, महेश बस्नेत लाई सर्वसम्मत क्याम्पस ब्यबस्थापन समितिमा चयन गरिएको क्याम्पस परिषद सदस्य नवराज अधिकारी ले जानकारी दिए।


कार्यक्रम सप्तकोसी नगरपालिकाका पुर्ब नगर प्रमुख उत्तमकुमार शर्मा,वडा न २ का वडा अध्यक्ष जाहिर हुसेन क्याम्पस ब्याबस्थापन समितिका पुर्ब अध्यक्ष अशोककुमार चौधरी ले शुभकामना मन्तव्य राखेका थिए। क्याम्पस ब्याबस्थापन समितिको अध्यक्ष मा चयन भए पछि कार्की ले भने आफुलाइ सर्बसहमतिमा क्याम्पस ब्याबस्थापन समितिको अध्यक्ष जस्तो गरिमामय पदको जिम्मेवारी दिनु भएकोमा सम्पुर्ण परिषद सदस्यहरुलाइ धन्यवाद दिदै अध्यक्ष कार्कीले भने क्याम्पसको उन्नति प्रगतिका तथा बिकासका लागि सबै संग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका छ्न ।

Facebook Comments Box