सप्तकोसी / सप्तरीको सप्तकोसी नगरपालिका वडा न १ द्वारा वडामा रहेका जेष्ठ नागरिक सम्मान तथा घरदैलो स्वास्थ्य परिक्षण कार्यक्रम संचालन गरि न्यानो कपडा बितरण गरेको छ।
सप्तकोसी नगरपालिका वडा न १ को कार्यलय ले आइतबार वडा न १ मा रहेका ४७ जना जेष्ठ नागरिक मध्ये ३७ जना जेष्ठ नागरिकहरु लाइ स्वास्थ्य कर्मिहरुको टोलि सहित घर घरमा पुगेर स्वास्थ्य परिक्षण गरि निशुल्क प्रेसर,खोकि को औषधि जिबनजल, भिटामिन च्याबनप्रास र एक थान न्यानो कपडा बलाङकेट बितरण कार्य शुरु गरेको छ।

सप्तकोसी नगरपालिका वडा न १ को कार्यलयले वडामा रहेका ९० बर्ष माथिका जेष्ठ नागरिक सबै र आर्थिक अबस्था न्युन र स्वास्थ्य अवस्था कमजोर भएका ८० बर्ष माथिका जेष्ठ नागरिक गरि वडा का ४७ जना जेष्ठ नागरिकलाइ आइतबार र सोमबार गरेर स्वास्थ्य कर्मि स्वास्थ्य स्वयंसेबिका सहित घर घर मा गएर निशुल्क स्वास्थ्य परिक्षण गरि आवश्यकता का आधारमा सुगर, प्रेसर , खोकि जिबनजल , भिटामिन,च्याबनप्रास लगायतका औषधि निशुल्क बितरण र एक जेष्ठ नागरिक लाइ एक थान न्यानो कपडा बलाङकेट बितरण गर्ने कार्य शुरु गरि आइतबार ३७ जना लाइ सम्मान सहित स्वास्थ्य परिक्षण गरिएको र बाकि रहेका लाइ सोमबार स्वास्थ्य परिक्षण सहित न्यानो कपडा बितरण गरि सम्मान गरिने वडा न १ का वडा अध्यक्ष रोहिणि प्रसाद पोखरेल ले जानकारी दिए।

Facebook Comments Box