सप्तकोसी / गृहमन्त्री रवि लामिछानेको सांसद पद सर्बोच्च अदालतले शुक्रबार खारेजी गरे संगै गृहमन्त्री रबि लामिछानेले गृहमन्त्री पदबाट राजीनामा दिएका छ्न।

सर्बोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा‍. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा शुक्रबार गृहमन्त्री रबिलामिछानेको सांसद खारेजिको फैसला गरेकाे हाे।


नेपाली नागरिकता नियम अनुसार नलिई राजनीतिक दल खोलेको र प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेको सांसद पद खारेजीको माग रिट परेकाे थियाे । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका लामिछानले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भै प्रचण्ड नेतृत्वको सरकार मा उपप्रधान तथा गृहमन्त्री बनेका थिए। सर्बोच्च अदालतले सांसद पद खारेजीको निर्णय गरे संगै गृहमन्त्री लामिछाने ले उपप्रधान तथा गृहमन्त्री को पदबाट राजिनामा दिएका छ्न।

Facebook Comments Box