सप्तकोसी /सप्तरीको कञ्चनरुप नगरपालिका बहुमत कार्यापालिका सदस्यहरु आफ्नै कार्यपालिकाको कार्यालय अगाडि धर्ना बसेका छन् । कन्चनरुप नगरपालिकाकि नगर उप–प्रमुख मुना कुमारी पोखरेलको नेतृत्वमा ६ वटा वडा अध्यक्ष र कार्यपालिका सदस्यसहित १५ जना जनप्रतिनिधि सोमबारदेखि २ दिने धर्नामा बसेका छ्न।
कन्चनरुप नगरपालिका कि प्रमुख प्रशासकीय अधिकृत रेनुका साहको मनमानी विरुद्ध कर्यपालिकाको कार्यलयमा धर्ना दिएको उप प्रमुख पोखरेलले बताईन् । प्रमुख प्रशासकीय अधिकृत साहले एकलौटी गरेको निर्णय सच्चाउन माग गर्दै आइतबार नगरप्रमुख ललन प्रसाद गुप्तालाई आन्दोलन गर्ने चेतावनीसहितको ज्ञापन–पत्र बुझाएपनि सुनुवाई नभएपछि धर्ना बस्न बाध्य भएको उनले जानकारी दिईन् । प्रमुख प्रशासकीय अधिकृत साहले आफ्नो मनोमानी तरिकाले वडा न १२ का सचिव सरुवा गरेको कारणले आन्दोलनमा उत्रिनु परेको नगरप्रमुख लाइ बुझाएको ज्ञापन–पत्रमा उल्लेख छ ।
प्रमुख प्रशासकीय अधिकृत साहले आर्थिक बर्ष २०७८/०७९ को ४ करोड बजेट समेत फ्रिज गराएको बताए वडा न १२ का वडा सदस्य जैनुदिन मियाले जानकारी दिए । नगरप्रमुख ललन गुप्ता र प्रमुख प्रशासकीय अधिकृत रेनुका साहले बिकासको बजेट सञ्चालनदेखि कार्यपालिकाको निर्णय सहमति अनुसार नगरे थप सशक्त आन्दोलन गर्ने उनले बताए।


नगरपालिका मा भएको धर्नाको बिषयमा नगरप्रमुख गुप्ताले सुशासन र परदर्शिताका लागि पालिकाभित्र रहेका केही बेतिथिहरुलाई सुधार गर्न जरुरी रहेकोले सबैको सहमतिमा सचिवहरुको सरुवा गरिएको बताए ।

Facebook Comments Box