मधेश प्रदेश सरकारले गर्यो मन्त्रीमण्डल विस्तार -लेखिले पाए कानून, न्याय तथा प्रदेश मामिला मन्त्री



सप्तकोसी / मधेश प्रदेश सरकारले शुक्रबार मन्त्रीमण्डल विस्तार गरेको छ ।
सप्तरी क्षेत्र न १ बाट निर्बाचित नेकपा एमालेका नेता राजकुमार लेखी कानून, न्याय तथा प्रदेश मामिला मन्त्रीमा नियुक्त भएका छन् ।
मधेश प्रदेशको शिक्षा, विज्ञान तथा बाणिज्य मन्त्रीमा महेशप्रसाद यादव ,सामाजिक विकास मन्त्रीमा सुनिताकुमारी साह तथा गृह तथा सञ्चारमन्त्रीमा सत्रुधनप्रसाद सिंह ,खानेपानी तथा उर्जा बिकास सिंहासन कलावार र महिला ,बालबालिका युवा तथा खेलकुद मन्त्री मोहम्मद जयद खा आलम । सामाजिक विकास राज्यमन्त्रीमा शेख अब्दुल कलाम आजाद केशव राय गृह तथा सञ्चारराज्यमन्त्री र सञ्जयकुमार यादव भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री बनेका छन् ।
मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले २९ गते तीन सदस्य बिना विभागीय मन्त्री मण्डल गठन गरेका थिए ।पछि उनले बिना विभागीय मन्त्री जसपाका संजयकुमार यादवलाई अर्थ मन्त्री, नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री र जनमतका वसन्त कुशवाहा ले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पाएका छ्न।

