राजविराज जेसीजद्वारा सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिन एडभान्स योग ट्रेनिङको आयोजना



सप्तकोशी, २७ माघ । राजविराज जेसीजले सप्ताहव्यापी कार्यक्रम अनुरुप दोस्रो दिन एडभान्स योग ट्रेनिङको आयोजना गरेको छ । राजविराज जेसीजको तालिम भवनमा शुक्रबार एडभान्स योग ट्रेनिङको आयोजना गरेको हो ।
नेपालका वरिष्ठ योग प्रशिक्षक तथा योग गुरु बद्रीराज भण्डारी र पतंजली नगर योग समितिका अध्यक्ष पंकज देवले कार्यक्रममा सहभागी भएका सदस्यहरूलाई योगका विभिन्न आसन र ध्यान गराएका थिए ।
राजविराज जेसीजका अध्यक्ष उज्ज्वल काबराले योग गरौँ निरोग रहौँ भन्ने नारालाई सार्थकता प्रदान गर्न योग सम्बन्धित कार्यक्रमहरू नियमित रूपले गर्नुपर्ने बताए ।
एडभान्स योग ट्रेनिङ कार्यक्रममा राजविराज नगर क्षेत्रका योग अभियानीहरू, महेन्द्र विन्देश्वरी कलेजका विद्यार्थीहरू तथा राजविराज जेसीज वर्ष २०२३ का कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो।
जेसीज सप्ताहको पहिलो दिन बिहीबार राजविराजको गजेन्द्र चौकमा महिला तथा दिदी बहिनीहरूलाई सेनिटरी प्याड वितरण गरेर राजविराज जेसीजले जनाएको छ ।

