फत्तेपुर / नेकपा एमालेको जनबर्गिय संगठन रिटर्नी फेडेरेसनको नगर अध्यक्षमा जित बहादुर बिष्ट चयन भएका छन। रिटर्नी फेडेरेसनको बुधबार फत्तेपुरमा भएको प्रथम नगरअधिबेशन बाट जित बहादुर बिष्टको अध्यक्षतामा २९ सदस्य रिटर्नी फेडेरेसन नेपाल सप्तकोसी नगर कमिटी गठन भएको छ ।
सप्तरीको सप्तकोसी नगरपालिका वडा न १ फत्तेपुरमा आयोजित कार्यक्रममा नेकपा एमालेको जनबर्गिय संगठन रिटर्नी फेडेरेसन नेपाल वैदेशिक रोज़गार वाट फर्केका युवायुवतिहरुको सप्तकोसी नगर अधिबेशन बाट बिष्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। रिटर्नीको नगर उपाध्यक्ष अरुणा राइ चौधरी सचीवमा बाबुराम बास्तोला सह सचिब जय प्रकाश शाह मो सरताज कोषाध्यक्ष मा मान बहादुर कार्की र २३ जना सदस्य रहेको नगरकमिटि चयन गरेको छ। रिटर्नी फेडेरेसन नेपाल सप्तकोसीको तदर्थ समिताका संयोजक तारकिसन यादवको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय सदस्य मधेस प्रदेशका कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्री राजकुमार लेखिको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले नगर कमिटी गठन गरेको हो।

Ad

नव गठित नगर कमिटिका पदाधिकारीहरुलाई रिटर्नी फेडेरेसन नेपाल केन्द्रिय सदस्य सरिता चौधरीले सपथ ग्रहण गराएकि थिन । कार्यक्रम मा नेकपा एमाले प्रदेश कमिटी सदस्य उत्तमकुमार शर्मा, नेकपा एमाले नगरकमिटि अध्यक्ष पारस दहाल ,प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा सप्तरी इन्चार्ज खगेन्द्र कार्की लगायतले मन्तव्य राखेका थिए।

Facebook Comments Box