सप्तकोसीमा उल्लासमय होलि


सप्तकोसी /सप्तरीको सप्तकोसी मा होलिको अबसरमा विभिन्न कार्यक्रम को आयोजना गरि उल्लासमय होलि मनाइएको छ। सप्तकोसी नगरपालिका वडा न १ चन्द्रनहर को मुहान हेडबाध मा सयौ का संख्या मा भेला भएका युवा युवती ले हर्सोउल्लास का साथ होलि मनाए।बिहानै देखि सप्तकोसी नगरपालिका का फत्तेपुर ,सिद्विपुर,सखुबनी,बलार्दह,गङाजली ,ओद्रहा, कमलपुर देखि हेडबाध मा भेला भएका युवा युबतीले एक अर्कामा रङ दलेर होलि पर्व मनाए। रङ र अबिर को धुलो संगै बजेका होलि का रमाइला गित मा सयौ युवा युवती कम्बर मर्काइ मर्काइ नाचिरहेका थिए।त्यही भिडमा भेटिएका फत्तेपुर का युवा दिपानन्द राई ले गत बर्ष झै यस बर्ष को होलि रमाइलो लाई निरन्तरता दिनको लागि यहा सङितिक कार्यक्रम को आयोजना गरिएको बताए।

त्यसै गरि सप्तकोसी ४ तुलसीचोक स्थित रहेको होटल भिल्ला २१ रेस्टुरेन्ट ले फगुवा फेस्ट २०७९ नामको साङितिक कार्यक्रम को आयोजना गरेको छ। कार्यक्रम को उद्घाटन गर्दै सप्तकोसी नगरपालिका का नगर प्रमुख कृष्ण प्रसाद ढकाल ले होलि एउटा भाइचारा को भावना जगाउने पर्व रहेकाले यसको जगेर्ना मा अहिले का युवा पुस्ता अघि बढ्नु पर्ने कुरा मा जोड दिए।कार्यक्रम मा बोल्दै सप्तकोसी नगरपालिका कि उप मेयर रिता कुमारी चौधरी ले होलि सद्वभावको पर्व रहेकाले होलि लाई बिकृती को रुपमा हैन सस्कृतिको रुपमा मनाउनु पर्ने मा जोड दिइन।


मङलबार बिहानै देखि चोक चोक मा हातमा रङ लिएर निस्केका युवा युवती महिला पुरुष को उपस्थिति बाक्लो थियो।फत्तेपुर गोल चोक मा भेटिएका सप्तकोसी नगरपालिका का निबर्तमान नगर प्रमुख उत्तमकुमार शर्माले होलि पर्व लाई अन्यायका बिरुद्व न्याय,असत्य का बिरुद्ध सत्य र असमानता का बिरुद्व समानता प्राप्तिको रुपमा लिइने गरेको बताए। होलि पर्वलाइ आपसी वैमनस्यता हटाइ भाइचारा ,मित्रता का साथै मेलमिलाप कायम गरि हर्ष उल्लासमय तरिकाले मनाउन सकिने बताए।
