रक्तमाला नमुना सामुदायिक बन समिति फत्तेपुरले शुरु गर्यो तरकारी खेति
सप्तकोसी / रक्तमाला नमुना सामुदायिक बन उपभोक्ता समिति फत्तेपुरले सामुदायिक बन क्षेत्र भित्र रहेको खालि जग्गामा तरकारी खेति शुरु गरेको छ। सप्तरीको सप्तकोसी नगरपालिका वडा न १ मा रहेको रेन्जर अफिस संगै रहेको खालि जग्गा सामुदायिक बनले तरकारी खेति लगाउने कार्य बुधबारदेखि शुरु गरेको छ।रेन्जर अफिस नजिककैको खालि रहेको करिब एक बिगाहा जग्गामा ब्याबसाहिक रुप मा सामुदायिक बनले तरकारीको रुपमा प्रयोग हुने ओल,कुरिलो,सिस्नो र जडिबुटी अमला लगायतका बोटबिरुवा रोप्ने कार्य शुरु गरिएको रक्तमाला नमूना सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष इन्द्र प्रसाद लुइँटेल ले जानकारी दिए। लुइँटेल का अनुसार बन क्षेत्रमा पर्ने खालि रहेको जमिनमा नगदेबालि सहित विभिन्न प्रजातिका बोटबिरुवा वृक्षारोपण गरिएको र आउदो असोज महिना सम्ममा उत्पादन गरि बिक्रीवितरण को लागि बजारमा ल्याउने बताए। रक्तमालाले सामुदायिक बन हराभरा बनाउनुका साथै आयअर्जन मा जोड दिने उदेश्यले तरकारी खेति,नगदेबालि तथा वृक्षारोपण कार्य शुरु गरिएको सामुदायिक बनका कार्यलय सचिब नारद भट्टराईले बताए।
हरियो वन नेपाल को धन भन्ने नारा लाइ सार्थक बनाइ सामुदायिक बन तथा चुरेसंरक्षण गरि बाढी पहिरो बाट जोगाउने उद्देश्यले खालि रहेको जमिन मा छिटो बढ्ने मलेसियन सखुवा लगायत विभिन्न प्रजातिका बोटबिरुवाको वृक्षारोपण गरिएको सामुदायिक बन का सदस्य गणेश दहालले बताए। सामुदायिक बन क्षेत्र संरक्षणगरि सामुदायिक बन परिसरलाइ हराभरा बनाउनु हामि सबैको दायित्व रहेको सामुदायिक बन उपभोक्ता समितिका सदस्य हितानन्द पौडेलले बताए।