सप्तकोसी / राष्ट्रिय सूचना आयोगले सूचना उपलब्ध नगराउने कञ्चनरुप नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत रेणुका साहलाई १५ हजार जरिवाना गरेको छ ।
राष्ट्रिय सूचना आयोगले प्रमुख प्रशासकीय अधिकृत रेणुका शाहलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम १५ हजार रुपैयाँ जरिवाना गराएको हो।

Ad

सप्तरीको कञ्चनरूप नगरपालिकाकाे कार्यालय प्रमुख लाइ कारबाही स्वरुप १५ हजार जरिवाना गरेको प्रेस विज्ञप्ती मा उल्लेख गरिएको छ।सप्तकोशी नगरपालिका नं.११ निवासी पत्रकार कैलाश माझीले कञ्चनरुप नगरपालिकाको कार्यालयसँग सूचना माग गरेका थिए । तर पटक–पटक लिखित जवाफ माग गर्दा तथा सूचना उपलब्ध गराउन आदेश हुँदा पनि सूचना मागकर्ताबाट माग भएको सूचना उपलब्ध नगराएको आयोगले ठहर गरेकोप्रेस विज्ञप्ती मा उल्लेख गरिएको छ ।


आयोगको आदेश पश्चात पनि सम्बन्धीत व्यक्तिलाई सूचना उपलब्ध नगराएमा दफाको ३२(२) अनुसार प्रतिदिन दुई सय दर थप जरिवना हुने कानुनी ब्यवस्था गरिएको छ ।
आयोगले सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ६(७) बमोजिम आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२(१) बमोजिम गरेको जरिवाना असुल उपर गरी आयोगलाई जानकारी दिनु भनेर जिल्ला प्रशासन कार्यालय, सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई आदेश दिएको छ ।त्यस्तै, शाहलाई विभागीय कारबाही गरी र पुनरावेदकलाई सूचना उपलब्ध गराई दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखेर पठाउन समेत भनेको छ । यस निर्णय चित्त नबुझेमा शाहले ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न पाउनेछिन् ।

Facebook Comments Box