सप्तकोसी / राजविराज नगरपालिका वडा नं. ३ स्थित मधेश कृषि विश्वविद्यालयका प्राध्यापक डा.केशव राज पाण्डेले विश्वविद्यालय नजिकै रहेको वैष्णोकाली मन्दिरस्थित कल्टु पोखरी सरसफाई अभियान थाले पछी सरसफाइ अभियान मा मधेश प्रदेशका कानुन, न्याय तथा संसदिय मामिला मन्त्री राजकुमार लेखीले सोमबार उनलाई सरसफाई अभियान मा साथ दिएका छ्न । मधेश कृषि विश्वविद्यालयका प्राध्यापकले १० दिन अघि एक्लै सुरु गरेको सरसफाई अभियानमा अहिले मधेस प्रदेशका मन्त्रीदेखि विभिन्न व्यक्ति तथा कार्यालय प्रमुख समेतले सहभागिता जनाउन थालेका छन् । मधेस कृषि विश्वविद्यालयमा प्राध्यापकको रुप फागुन १० गते हाजिर भएका डा.केशव राज पाण्डेले फागुन ११ गते मर्निङ वाकमा निस्केको बेला छेउमै रहेको पोखरीको अवस्था देखेर चिन्तित चिन्ता ब्याक्त गर्दै फागुन २० गतेदेखी पोखरीको सरसफाई गर्न एक्लै जुटेका थिए। पाण्डे पोखरीमा फ्याकिएको फोहर निकाल्दै बाहिर राख्थे । त्यस छेउका स्थानीयवासिहरु उनलाई पोखरीबाट फोहर निकालेको हेर्ने काम मात्र गर्थ कसैले सहयोग गरेका थिएनन् ।

Ad


स्थानीय वासिन्दाले पोखरीमा फ्यालेको फोहर बाहिर निकालेर थुपारेको जानकारी पाउने साथ मन्त्री राजकुमार लेखी पाण्डेलाइ सरसफाइमा सघाउन राजबिराज पुगेर सफाइ अभियानमा जुटे । धर्मपत्नी उषाका साथ सफाइ अभियानमा पुगेका मन्त्री लेखीले भने प्राध्यापक पाण्डेको एकल प्रयासमा सूरु भएको सफाइ अभियानमा सहभागी हुन पाउँदा खुशी लागेको बताए ।
नगर सफाइ अभियानमा सबै पक्षले एक जुट भएर लागि पर्दा राजविराज सुन्दर र सफा नगर बन्न सक्ने तथा सरसफाई सबैलाई चाहिने हुँदा घरदेखि सबै सार्वजनिक स्थलमा सरसफाईमा गर्नुपर्नेमा मन्त्रीले लेखीले जोड दिए ।


पाण्डेले चलाएको सफाइ अभियानमा समाजसेवी राधेश्याम रमण, मधेश कृषि विश्वविद्यालयका उपकुलपती डा.बैद्यनाथ महतो, रजिस्टार भगवान ठाकुर, डिभिजन बन कार्यलय सप्तरीका प्रमुख हेमन्त प्रसाद शाह लगायत सहभागिता जनाएका छन् ।

Facebook Comments Box