कञ्चनरुप बाट बालिका बलात्कारको आरोपमा ४ जना पक्राउ


सप्तकोसी /बालिका बलात्कारको आरोपमा सप्तरीको कञ्चनरुप नगरपालिका बाट ४ जनालाई पक्राउ गरिएको छ। कन्चरुप नगरपालिका वडा नम्वर १२ धरमपुर टोलमा गत शुक्रवार राति १७ वर्षीया नाबालिकामाथि सामूहिक बलात्कारको आरोपमा ४ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय कंचनपुर ले जनाएको छ।
बलात्कार घटनाका योजनाकारसहित चार जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कञ्चपुरका प्रहरी नायव उपरीक्षक दिपककुमार राईले जानकारी दिए । घटनामा संलग्न रहेका चारै जनालाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको राइले बताए ।


बलात्कारको आरोपमा पक्राउ पर्नेहरुमा वडा न १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदिप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दिपेश सुबेदी रहेका छ्न ।
रातिको समयमा बालिका लाइ घरबाट निकालेर कोहि नभएको घरमा लगि कैलाशले नै सुदिप, मनोज र दिपेशलाई बलात्कार गर्न निर्देशन दिई आफ्नै अगाडी बलात्कार गर्न लगाएको वयानको क्रममा खुलेको प्रहरी श्रोतले बताए ।
शुक्रवार मध्येराति ती नाबालिकाको घरमै पसेर चारै जनाले कोही नबस्ने छेउको घरमा पुर्याएर कैलाशको निर्देशनमा पालै–पालो सुदिप, मनोज र दिपेशले बलात्कार गरेको पिडित्को जाहेरीमा उल्लेख गरिएको साथै बयानबाट पनि खुल्न आएको छ’ प्रहरी श्रोतले भन्यो ।



