पोखरा । पोखराकी पत्रकार रोशनी क्षेत्री (एलिजा) ले शरिरमा पेट्रोल छर्केर आत्महत्या गरेकी छन् । २५ वर्षीया एलिजाले पोखरा ८ जाल्पारोडस्थित आफ्नै निवासमा आत्मदाह गरेकी हुन् ।
७ वर्षदेखि पत्रकारितामा क्रियाशील चलचित्र पत्रकार संघ नेपाल कास्कीकी कार्यसमिति सदस्य समेत रहेकी उनी पत्रकारितामा स्नातकोत्तर तहमा अध्ययनरत थिइन् ।
मृतक एलिजाको गत वर्षमात्र विवाह भएको थियो । उनको पेटमा शिशु हुर्किदै गरेको समेत परिवारजनले जनाएको छ ।
उनले आत्मदाह गर्नुको कारण खुलेको छैन ।

Facebook Comments Box