गौ हत्याको बिरोधमा सप्तरीमा प्रदर्शन


सप्तकोसी /सप्तरीमा वैदिक सँस्कृती समाजले सुनसरीको धरानमा गाई काटेर खानेहरुलाई कार्वाहीको माँग गर्दै विरोध प्रदर्शन गरेका छन् ।
वैदिक सँस्कृती समाज सप्तरीका अध्यक्ष रामकुमार शास्त्रीको अगुवाइमा राजविराज स्थित शिव मन्दिरबाट विभिन्न नारा लगाउदै निस्केको जुलुसले नगर परिक्रमा गरी कोणसभा गरेका छ्न । सयौंको संख्यामा निस्केको जुलुसले गौवंश संरक्षण गर, गौ हत्या बन्द गर, हिन्दु राष्ट्र कायम गर, वैदिक गणतन्त्र धोषणा गर लगायतका नारा लगाएका थिए ।
सभामा बाबा मोतीलाल वैरागीले गाई, गोरु काटेर सार्वजनिक रुपमा भोज गर्नेमाथि अविलम्ब कारबाही गर्न माँग गरेका छ । बैरागीले दोषीलाई कार्वाहिको जोड्दार माँग गर्दै सुनसरीको धरानमा संबैधानिक प्रावधान विपरीत गाई गोरु काटेर हिन्दु धर्मलाई चुनौती दिएको दावी गरे ।
संविधान विपरीत कार्य गर्ने जो कोहिलाई कानुनी दायरमा ल्याई सरकारले कानून बमोजिम कारवाहि गर्नुपर्छ भन्दै वैदिक सँस्कृती समाजका अध्यक्ष रामकुमार शास्त्रीले दोषीलाई कारवाहि गरेमात्र संविधानको रक्षा, धार्मिक, सामाजिक साँस्कृतिक एवम् सामुदायिक सद्भाव कायम रहने बताए।
यसैगरी समता मुलक समाज निर्माण महा आभियानका उपाध्यक्ष सुनिता साह(क्रान्ति)ले नेपालको संविधानमा गाई राष्ट्रिय जनावर उल्लेख गरिएको चर्चा गर्दै गाई हत्या रोकि संविधानको मुल मर्मलाई संरक्षण गर्न आम नेपालीको दायित्व रहेको बताइन ।
नेपालको संविधानको भाग १ प्रारम्भिक धारा ४ मा सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायतका धार्मिक साँस्कृतिक स्वतन्त्रतालाई अक्षुण राख्नु पर्ने प्रष्ट खुलाइएको जानकारी दिनुहुँदै उहाँले भन्नुभयो सोही भागको धारा ९ को उपधारा ३ अनुसार, राष्ट्रिय जनावर गाई उल्लेख रहेको छ । त्यसलै नेपाल सरकारले रुपैयाँमा गाईको चित्र राख्नुपर्छ भन्दै सरकार समक्ष माग गरेका छ्न ।
