सप्तकोशी । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ईडीभी) कार्यक्रमको लागि बुधबारदेखि आवेदन खुलेको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार नेपाली समय अनुसार असोज १७ गते राति ९ः४५ बजेबाट आवेदन दर्ता सुरु भएको हो ।
यो कार्तिक २१ मा नेपालमा स्थानीय समय अनुसार १०ः४५ बजे बन्द हुनेछ ।
अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ ।
आवेदकहरूले कात्तिक २१ गतेसम्म https://dvprogram.state.gov/ मा गएर अनलाइन मार्फत आवेदन दिन सक्ने दुतावासले जनकारी दिएको छ। फारम भर्दा दुवै कान देखिने खिचिएको पासपोर्ट साइजको फोटो समेत आवश्यक पर्नेछ । आवेदन दिँदा कुनै शुल्क लाग्दैन ।
यसको आवेदन तपाईंले dvprogram.state.gov मा नभेम्बर ७, राति १०ः४५ बजे (नेपाली समय) सम्मको समयमा जुनसुकै बेला पनि बुझाउन सक्नुहुन्छ।

Facebook Comments Box