सप्तकोसी /सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर–५ गंगाजलीमा पाँच दिने योग विज्ञान शिविर संचालन हुने भएको छ ।
पतञ्जली योग पिठ सप्तकोसी नगर समितिद्वारा आयोजना हुने योग शिविर असोज २२ गते सोमबारदेखि २६ गते शुक्रबारसम्म सञ्चालन हुने जनाइएको छ ।
शिविरको सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य एवम् मधेश प्रदेशका पूर्व कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री राज कुमार लेखीले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजक समितिकाले जनाएको छ ।
शिविरमा केन्द्रिय प्रभारी साध्वी देव अदितीसहितका भारत बनारसका चर्चित योग गुरुहरुले विहान ५ बजेदेखि प्रशिक्षण तथा संगितमय सत्संग प्रवचन गर्ने कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष सुरेश चौधरी जानकारी दिनुभयो ।
शिविरमा सप्तरी र उदयपुर बाट उल्लेखनीय मानिसहरु सहभागी हुने छन् ।
कार्यक्रमका लागि मञ्चसहित आवश्यक पूर्वाधार तयारीको कार्य तिब्र गतिमा भइरहेको आयोजकले जनाइएको छ ।

Facebook Comments Box