चौदण्डीगढीले अब्यबस्थित तरिकाले फालिएको फोहर संकलन नगर्ने।



बेल्टार /उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरको मुख्य बजार क्षेत्रहरुमा जथाभावी अब्यबस्थितरुपमा फालिएको देखिएकोले फ़ोहोर संकलन नगर्ने भएको छ। नगरको मुख्य बजार लगायतका क्षेत्रमा जथाभाबि अव्यवस्थितरुपमा रुपमाफोहोर फाल्ने गरिएकोले नगरपालिकाबाट फोहर ब्यबस्थापनमा समस्या भईरहेको जानकारी गराएको छ।नगरपालिकाले सुचना जारी गर्दै ब्यबस्थित तरिकाले राखेको फोहर मात्र संकलन हुने र अब्यबस्थित रुपमा राखिएको फोहर ब्यबस्थापन गर्न नसकिने जनाएको छ । नगरले आफ्नो टोल, बस्तीको फोहरहरु बर्गीकरण गरेर प्लास्टिकजन्य, सिसाजन्य र अन्य प्रकृतीका फोहरहरु छुट्याएर राख्न, सड्ने खालका फोहरहरु प्रांगारिक मलको रुपमा प्रयोग गर्न तथा पुनः प्रयोग नहुने प्लास्टिकजन्य, सिसाजन्य र अन्य प्रकृतीका फोहर अलग अलग रुपमा राख्न नगरबासिलाइ आग्रह गरेको छ । नगरपालिकाबाट फोहर ब्यबस्थापनका लागि जाने टिपर र ट्याक्टरहरुले ब्यबस्थित तरिकाले राखेको फोहर मात्र संकलन गर्ने र अब्यबस्थित रुपमा राखिएको फोहर ब्यबस्थापन गर्न नसकिने जनाएको छ ।

नगरपालिकाका प्रशासन शाखा प्रमुख जनक लेखीले आज वडा नम्बर ४, ६ र ७ को कार्यालयलाई एक पत्र पठाउदै टोल बिकास समिति मार्फत सम्बन्धित क्षेत्रका टोल र बस्तीसम्म सुचना पुर्याईदिन आग्रह गरेका छन् । नगरमा बेल्टार बजार, शनिवारे बजार, हडिया बजार, विरेन्द्र बजार लगायतकाबजारक्षेत्रबाट फोहर निस्कास्न हुने गरेको छ । तर नगरमा फोहरमैला ब्यबस्थापनको लागि उचित डम्पिङ्ग साईटको उपलब्धता छैन भने नगरले बेल्टार बजारस्थित बस्ती नजिक आँप खहरे सामुदायिक वन क्षेत्रको जंगलमा फोहर फाल्ने गरेको छ । सो क्षेत्रमा फोहर फाल्न दिनुहुदैन भन्दै त्यसक्षेत्रका बासिन्दाहरुले संघर्ष समिति नै गठन गरेर त्यसको निरन्तर बिरोध गर्दै आएका छन् । गत मंगलबार मात्र नगर प्रमुख कालुमान लामाको आवहानमा नगरपालिकामा बसेको सर्वदलिय सर्वपक्षीय बैठकले नगर प्रवक्ता प्रकाश राउतको संयोजकत्वमा एक समितीको गठन गरेको छ । समितीले नगरबाट निस्किने फोहरमैलाको ब्यबस्थापनकालागि अल्पकालिन र दिर्घकालिन उपायको खोजी तथा स्थानको पहिचान गर्ने कार्यदेश पाएको छ ।



