सप्तकोसी / चीनको हाङ्झाउमा जारी १९ औं एसियाली खेलकुदमा महिला कबड्डीले नेपाललाइ कांस्य पदक दिलाएको छ ।

चीनको हाङ्झाउमा भएको १९ औं एसियायी खेलकुद अन्तरगत शुक्रबार भएको सेमिफाइनलमा भारतसँग ६१-१६ ले हार बिहोरे पछि नेपालले कांस्य पदकमा चित्त बुझाउनु परेको छ ।कबड्डी खेलमा सेमिफाइनलमा पराजित हुने टिमले कांस्य पदक प्राप्त गर्ने नियम भएकोले नेपालले कास्य पदक प्राप्त गरेको छ ।

नेपाल पहिलो हाफमा २९-१०, दोस्रो हाफमा ३२-७ ले पछि परेको थियो । भारतले नेपाललाई ४ पटक अल आउट गरेको थियो ।

१९ औं एसियाली खेलकुदमा नेपालले पाएको यो पहिलो पदक हो । नेपाली महिला कबड्डी टोली पहिलो सहभागितामै कांस्य जित्न सफल भएको छ ।
समूह ‘बी’ मा रहेको नेपालले बंगलादेशलाई ३७-२४ ले हराउँदा इरानसँग ४३-१९ को पराजय व्यहोरेको थियो ।

Facebook Comments Box