सप्तकोसी /१९औँ एशियाली खेलकुदमा एक हजार २०८ पदकको छिनोफानो हुँदा १७२ स्वर्ण पदक सहित चीन शिर्ष स्थानमा रहेको छ।
चीनमा जारि १९ औं एसियाली खुलकुद प्रतियोगितामा बुधबारसम्मको खेलको नतिजा अनुसार आयोजक चीन १७२ स्वण पदक सहित शिर्ष स्थानमा रहेको छ। एशियाली खेलकुदमा सहभागी ४५ राष्ट्रमध्ये ३८ राष्ट्रले पदक प्राप्त गरिसकेका छन्।
परिणाम घोषणा भए अनुसार आयोजक राष्ट्र चीन १७२ स्वर्ण, ९५ रजत र ५२ कास्यसहित शीर्ष स्थानमा छ। जापान ३७ स्वर्ण, ५१ रजत र ५९ कास्य पदक सहित दोस्रो स्थानमा रहेको छ।
दक्षिण कोरिया ३३ स्वर्ण, ४५ रजत, ७० कास्यसहित तेस्रो, भारत १८ स्वर्ण, ३१ रजत र ३२ कास्यसहित चौथो र उज्बेकिस्तान १६ स्वर्ण, १६ रजत र २२ कास्यसहित पाँचौँ स्थानमा छन्।
नेपाले भने हाल सम्म कबड्डीमा १ कास्य पदक मात्र जित्न सफल भएको छ।

Facebook Comments Box