सप्तकोसी /कोशी प्रदेशमा सरकार गठनको लागि असोज २६ गते सम्मको समय दिएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार राजिनामा दिए पछि प्रदेश प्रमुख पर्शुराम खापुङले २६ गते भित्र सरकार गठन गर्न आह्वान गरेका छन्।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार राजीनामा दिए पछि प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार ले सरकार गठनको आह्वान गरेका छ्न ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पदबाट राजीनामा दिएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेशसभाका कुनै सदस्यलाई २०८० असोज २६ गते शुक्रबार अपराह्न ५ः०० बजेभित्र आफ्नो दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले एक विज्ञप्ति मार्फत आह्वान गरेका छन।

Facebook Comments Box