सप्तकोसी /नेकपा एमालेको असोज २४ र २५ गते हुने मधेश प्रदेशको प्रथम अधिवेशनको लागी सप्तरी जिल्लाबाट ८० जना प्रतिनिधिहरुले सहभागिता जनाउने भएका छ्न।

सप्तरी जिल्लाको १८ वटा पालिका बाट पार्टी प्रतिनिधि र बिभिन जनसंगठनका गरि ८० जना प्रतिनिधिले अधिबेशनमा सहभागिता जनाउने भएका छ्न।सप्तरीमा १८ वटा पालिका मध्येमा १७ वटा पालिका बाट प्रतिनिधि छनौट गरिसकेको नेकपा एमाले सप्तरी जिल्ला कमिटी सचीव देबनाथ यादवले जानकारी दिए।
असोज २४ र २५ गते मधेश प्रदेशको राजधानी जनकपुरधाममा हुने प्रथम अधिवेशनमा सप्तरी बाट ८०जना प्रतिनिधि चयन हुने नेकपा एमाले पार्टी सचीव यादबले जानकारी दिएका छन ।
सचिब यादवका अनुसार सप्तकाेसी नगरपालिकामा खुल्ला तर्फ उत्तम गाैतम, उचित नारायण चाैधरी महिलामा जीत कुमारी पाैडेल र युवामा सरीता चाैधरी सर्बसहमत चयन भएका छन् । यस्तै कन्चरुप नगरपालिकाबाट खुल्ला तर्फ वसन्त कुमार मिश्र र राज कुमार साह निर्वाचनबाट महिलामा आसरादेवी चाैधरी, ईश्वरी पाेखरेल र युवामा जीवन श्रेष्ठ ( मनिष) चुनिएका छन् ।
शम्भुनाथमा खुल्ला तर्फ माेहम्मद अब्दुल मरीक साकिर महिलामा सागर चाैधरी निर्वाचित छन् भने रुपनी गाउँपालिकामा खुल्ला तर्फ मिठु माझी महिलामा लक्षण कुमारी यादव र युवामा दुर्गानन्द झा चुनिएका छन् । यस्तै वाेदे वर्साइन नगरपालिकामा बिजय नारायण कापैर, धर्मेन्द्र यादव खुल्लामा निर्वाचित भएका छन् भने महिलामा गुडिया कुमारी र युवामा अनाेज यादव छन् ।
यस्तै सुरूङ्गा नपामा खुल्ला तर्फ देव नारायण चाैधरी महलामा सवनम खातुन र युवामा रजत कुमार चाैधरी । राजबिराजमा नगरपालिकामा खुल्लामा बिश्वनाथ मण्डल, महिलामा सशिता कुमारी देव र युवामा रन्जन कुमार झा चयन भएका छ्न। अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा प्रतिनिधि छनौटमा आन्तरिक विवाद भए पछि प्रतिनिधि छनौट हुन सकेको छैन ।

Facebook Comments Box