सप्तकोसी /सप्तरी को सप्तकोसी नगरपालिका वडा न ५ गङाजली मा सोमबार देखि पाँच दिने योग सिबिर शुरु भएको छ।
पतन्जली योग समिति सप्तकोसी तथा पतन्जली दिब्य डाकनी योग मन्दिर गङाजली द्वारा आयोजित पाँच दिने योग शिबिर को उद्घाटन गर्दै मधेस प्रदेशका पुर्व मन्त्री तथा प्रदेश शभा सदस्य राजकुमार लेखिले योग को माध्यमबाट स्वास्थ्य समाजको निर्माण गर्न सकिने बताए। बिग्रदो खानपानले परम्परागत खानपान हराउदै गएको बताउदै लेखिले अहिले शुद्ध खाना खान नपाइने बताए।
कार्यक्रम मा बोल्दै सप्तकोसी नगरपालिका का नगर प्रमुख कृष्णप्रसाद ढकालले योग को माध्यम बाट समृद्ध ,सु स्वास्थ र नैतिकवान नगर बनाउन सकिने बताए।
कार्यक्रम मा बोल्दै प्रमुख प्रशिक्षक पुज्या साध्वी देब अदिती ले मनुष्य प्रकृति प्रेमी भएकाले प्राकृतिक जडिबुटी को प्रयोग गरि निरोगी बन्न सकिने कुरामा जोड दिइन।
कार्यक्रम मा योग समिती का मधेस प्रदेश प्रभारी हरिहर चौधरी ,कोशी प्रदेश प्रभारी मिस्टर चौधरी ,अग्निसाइर कृष्णसबरन गाउपालिका कि उपाध्यक्ष कल्पना चौधरी ,सप्तकोसी नगरपालिका का निबर्तमान नगरपालिका उत्तमकुमार गौतम लगायतले योग जिवनका बिषयमा चर्चा गरेका थिए।

असोज २२ गते देखि २६ गते सम्म सन्चालन हुने शिबिर दिब्य डाकनी योग मन्दिर का अध्यक्ष गोसाइ चौधरी को अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन कमलकान्त चौधरी ले गरेका थिए।

Facebook Comments Box