नेकपा एमालेको मधेस प्रदेश अधिबेशनको सम्पुर्ण तयारी पुरा



सप्तकोसी /नेकपा एमालेको प्रथम मधेस प्रदेश अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ ।
यही असोज २४ र २५ गते जनकपुरधाममा हुने पहिलो मधेस प्रदेश अधिवेशनमा ८ जिल्लाको एक सय ३६ पालिका र २३ वटा जनसंगठन र ८ प्रदेश बिभाग बाट एक हजार २७ जना प्रतिनिधि छनौट गरिएको नेकपा एमालेका मधेस प्रदेश प्रचार विभाग प्रमुख सोमप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार पालिकाबाट तीन देखि २३ जनासम्म, जनसङ्गठनबाट ७९ र विभागबाट १६ जना छनोट गरिएको छ ।
मधेस प्रदेशको प्रथम अधिबेशन बाट नयाँ नेतृत्व समेत चयन गरिने भएको छ। प्रदेशको नेतृत्वका लागि सुमनराज प्याकुरेल ,रेवती पन्त, राजकिशोर यादव, विचारी यादव, पुरुषोत्तम पौडेलको नाम चर्चामा छ।
प्रदेश अध्यक्षको आकाङ्क्षी धेरै जना भए पनि एमाले सचिव एवं प्रदेश इञ्चार्ज योगेश भट्टराईले मधेसको नेतृत्वका लागि आकाङ्क्षी नेतामध्येबाट सर्वसम्मत नेतृत्व चयन गराउने प्रयास गरिरहनुभएको प्रचार विभाग प्रमुख शर्माले जानकारी दिए ।
‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार’ भन्ने मुल नाराका साथ असोज २४ गते
जनकपुरधामको महेन्द्रनारायणनिधि मिथिला सांस्कृतिक केन्द्रको हलमा हुने कार्यक्रमको उद्घाटन एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने प्रदेश प्रचार प्रमुख शर्माले जानकारी दिए ।

