धनुषा /नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको वर्तमान सरकार जनता प्रति जवाफदेही नभएको भन्दै जनता प्रति जवाफदेही हुन सरकारलाई आग्रह गर्नु भएको छ।
नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिबेशनको जनकपुरधाममा बुधबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।ओलिले जनताको जनजिविका सँग जोडिएका वस्तुहरुको मुल्य दिन प्रति दिन अकासिदै गएको र यसले नेपाली जनताको जनजिवनमा असर पर्दा पनि सरकारले जवाफदेही ढंगवाट काम गर्न नसकेको बताउनु भयो । उहाँले इजरायलमा फसेका नेपाली विद्यार्थी सहित आम नागरिकलाई उद्धार गरी राहत सुविधा उपलब्ध गराउन सरकारलाई आग्रह गर्नु भयो ।
अध्यक्ष ओलीले देशको विकासलाई हाक्न सक्ने अभियन्ताको रुपमा एमाले पार्टी नै रहेकोले देश र मधेशको विकासका लागि एमालेको पुर्ण बहुमतको सरकार आवश्यक भएको त्यसका लागि एमालेले मिसन ८४ को शुरुवात गरिसकेको बताउनु भयो । उहाँले हरेक वाडामा एमाले कमतीमा ५१ प्रतिशत हुने गरी अभियानमा लाग्नका लागि नेता कार्यकर्तालाई आग्रह गर्नु भयो । नेकपा एमाले मधेश प्रदेशको प्रमुख पार्टी भएपनि त्यसले सरकार बनाउन नसकिने भएकोले आउने निर्वाचनमा एमालेलाई कमतीमा ६० सिट आउने किसिमलेकाम गर्नका लागि कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो ।


ओलिले विगतमा आफु नेतृत्वको सरकारको कामकाज देखेर विरोधीहरुले विभिन्न खालका षडयन्त्र गरेपनि एमाले पहिलो शक्तिको रुपमा जनताको माझ रहेको बताँउदै आन्तरिक एकता र विरोधी सँग मुकाबिलला गरी एमालेका नेता कार्यकर्ताले दृढतापूर्वक एकतावद्ध ढंगले अगाडी बढनु पर्ने बताउनु भयो । कार्यक्रममा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले नेपाललाई उठाउनका लागि मधेशलाई उठाउन जरुरी रहेको भन्दै त्यसका लागि एमालेका सरकार आवश्यक भएको बताउनु भयो । एमालेको बहुमत नभएको खण्डमा देशमा राजनीतिक स्थायित्व कायम नहुने भन्दै अगामी निर्वाचनमा एमालेलाई बहुमत दिलाउनका लागि उहाँले आग्रह गर्नु भयो ।कार्यक्रममा महासचिव शंकर पोखरेलले देशको विकासका लागि भिजन प्रस्तुत गर्ने पार्टी एमाले मात्र भएको जिकिर गर्दै एमाले नेतृत्वको सरकारका लागि मधेश प्रदेशले निर्णायक हस्तक्षेपकारी भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो । मुलुकमा राजनीतिक स्थिीरता र समाजिक अराजकता फैलिएको र यस वाट मुक्तिका लागि एमाले नै एक विकल्प भएको बताउनु भयो ।कार्यक्रममा एमालेका मधेश इन्चार्ज योगेश भट्टराई ,कोशी प्रदेश इन्चार्ज रघुविर महासेठ ,धनुषा इन्चार्ज लिलानाथ श्रेष्ठ, महोतरी इन्चार्ज जुली कुमारी महतो लगायतले बोलेका थिए। “समाजिक न्याय र सुशासन हाम्रो कार्यभार , मधेशको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार ” भन्ने मुल नाराको साथ आज वाट शुरु भएको प्रदेश अधिबेशनमा एक हजार २७ जना प्रतिनिधिको सहभागिता रहेको नेकपा एमाले मधेस प्रदेश प्रचार बिभाग प्रमुख सोम शर्माले जानकारी दिए । अधिबेशनको बन्द शत्र आजै राती बाट शुरु गर्ने तयारी गरिएको प्रचार बिभाग प्रमुख शर्माले जानकारी दिए।

Facebook Comments Box