नारदमुनी थुलुङ स्मृति गोल्डकपको ९ औं सस्करण शुरु ,उद्घाटन खेलमा आयोजक बिजयि



खगेन्द्र कार्की ,सप्तकोसी /उदयपुर को चौदण्ढि गढि नगरपालिका बर्खेडाडा मा जारि नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता को ९ औं सस्करण शनिबारदेखि देखि शुरु भएको छ।
बसाह फुटबल क्लबको आयोजना मा चौदण्ढि गढि नगरपालिका ४ नारद मनि थुलुङ स्मृति रंगशालामा संचालित प्रतियोगितामा ८ वटा टिमहरुले सहभागिता जनाएको आयोजक कमिटी का सचीव लाखमान राइले जानकरी दिए । प्रतियोगिताको शनिबार भएको उद्घाटन खेलमा आयोजक बसाहा फुटबल क्लब उदयपुर र एभरेस्ट एफ सि सुनसरी बिच भएको खेलमा पहिलो हाल्फमा दुबै टिम गोलरहित रहेता पनि हाल्फ टाइम पछि खेल शुरु भएको ५ औं मिनेटमा बसाहाका खेलाडीले प्रहार गरेको बल एभरेस्ट क्लब सुनसरीका जर्सि न ४ का योगेस राइको खुट्टामा लागेर आत्मघाती गोल भए पछि आयोजकले १-० को अग्रता लिएको थियो। खेलको १९ औं मिनेटमा बसाहा क्लबका जर्सि न २३ का जस बहादुर राइले गोल गर्दै आफ्नो टिमलाइ २-० को अग्रता दिलाउन सफल भएका थिए। खेलको २६ औं मिनेटमा सुनसरीका जर्सि नम्बर १० का निशान लिम्बुले एक सान्त्वना गर्दै आयोजक २-१ गोल अन्तर ले बिजय भएको छ।
बसाहा क्लबका अध्यक्ष गौतम राइको अध्यक्षता मा भएको कार्यक्रमको उद्घाटन चौदण्ढिगढि नगरपालिका का नगर प्रमुख कालु लामाले गरेका थिए। प्रतियोगिताको दोस्रो खेल आइतबार न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी र दमक फुटबल एकेडेमी झापा बिच हुने आयोजकले जनाएको छ। नारद मनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता मा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी ,एभिनीयर फुटबल क्लब काठमाडौ,दमक फुटबल एकेडमी झापा,कटारि फुटबल क्लब उदयपुर ,एभरेस्ट फुटबल क्लब सुनसरी चारतारे फुटबल क्लब मोरङ ,बागमती फुटबल क्लब सर्लाही र आयोजक बसाहा फुटबल क्ल्बले सहभागिता जनाएका छ्न।
प्रतियोगितामा विजेता उप विजेता टिमलाइ क्रमशः नगद रु ४ लाख १ हजार र २ लाख १ हजार र ट्रफी मेडल प्रमाणपत्र बितरण गरिने बसाहा फुटबल क्लबका अध्यक्ष गौतम राइले जानकारी दिए।

