खगेन्द्र कार्की ,सप्तकोसी /उदयपुर को चौदण्ढि गढि नगरपालिका बर्खेडाडा मा जारि ९ औं नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी विजयी भएको छ।
बसाहा फुटबल क्लबको आयोजना मा चौदण्ढि गढि नगरपालिका ४ नारद मनि थुलुङ स्मृति रंगशालामा संचालित गोल्डकपको आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरीले दमक फुटबल एकेडेमी झापालाइ २-१ गोलअन्तर पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ। खेल शुरु भएको २२ औं मिनेटमा त्रियुगा का जर्सि न १२ का बिशाल घलान ले एक गोल गर्दै टिमलाइ अग्रता दिलाए पनि २६ औं मिनेटमा मा झापाको तर्फबाट जर्सि न ८ का योनेस राइले एक गोल फर्काउदै टिमलाई हाल्फ टाइम अगाडी १-१ गोलको बराबरीमा पुर्याएका थिए। सेकेन्ड हाल्फ शुरु भएको ४ औं मिनेटमा त्रियुगाको तर्फबाट जर्सि न ७ का बिदेशी खेलाडी फोफोनाले थप एक गोल गर्दै झापालाइ २-१ गोल अन्तरले हराउँदै सेमिफाइनल को यात्रा तय गरेको छ।
प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेल सोमबार चारतारे फुटबल क्लब मोरङ र बागमती फुटबल क्लब सर्लाही बिच हुने आयोजकले जनाएको छ।
नारद मनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता मा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी ,एभिनीयर फुटबल क्लब काठमाडौ,दमक फुटबल एकेडमी झापा,कटारि फुटबल क्लब उदयपुर ,एभरेस्ट फुटबल क्लब सुनसरी चारतारे फुटबल क्लब मोरङ ,बागमती फुटबल क्लब सर्लाही र आयोजक बसाहा फुटबल क्ल्ब गरि ८ वटा टिमहरुले सहभागिता जनाएका छ्न।
प्रतियोगितामा विजेता उप विजेता टिमलाइ क्रमशः नगद रु ४ लाख १ हजार र २ लाख १ हजार र ट्रफी मेडल प्रमाणपत्र बितरण गरिने बसाहा फुटबल क्लबका अध्यक्ष गौतम राइले जानकारी दिए।

Facebook Comments Box