खगेन्द्र कार्की ,सप्तकोसी /उदयपुर को चौदण्ढि गढि नगरपालिका बर्खेडाडा मा जारि ९ औं नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा चारतारे फुटबल क्लब मोरङ लाइ हराउँदै बागमति फुटबल क्लब सर्लाही विजयी भएको छ।
बसाह फुटबल क्लबको आयोजना मा चौदण्ढि गढि नगरपालिका ४ नारद मनि थुलुङ स्मृति रंगशालामा संचालित गोल्डकपको सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा बागमती फुटबल क्लब सर्लाहीले ट्राइवेकरमा ५-४ गोल अन्तरले चारतारे फुटबल क्लब मोरङ लाइ पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ।निर्धारित समयमा दुबै टिमको तर्फबाट बराबरी दुइ-दुइ गोल भएपछि खेलको निर्णय ट्राइवेकर बाट गरिएको थियोे ।
प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल मङलबार एभिनियर फुटबल क्लब काठमाडौ र कटारी फुटबल क्लब उदयपुर बिच हुने आयोजकले जनाएको छ।
प्रतियोगिता मा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी ,एभिनीयर फुटबल क्लब काठमाडौ,दमक फुटबल एकेडमी झापा,कटारि फुटबल क्लब उदयपुर ,एभरेस्ट फुटबल क्लब सुनसरी चारतारे फुटबल क्लब मोरङ ,बागमती फुटबल क्लब सर्लाही र आयोजक बसाहा फुटबल क्ल्ब गरि जम्मा ८ वटा टिमहरुले सहभागिता जनाएका छ्न।
प्रतियोगिताको विजेता उप विजेता टिमलाइ क्रमशः नगद रु ४ लाख १ हजार र २ लाख १ हजार र ट्रफी मेडल प्रमाणपत्र बितरण गरिने बसाहा फुटबल क्लबका अध्यक्ष गौतम राइले जानकारी दिए।

Facebook Comments Box