नारदमुनी थुलुङ स्मृति गोल्डकपमा काठमाडौ लाइ हराउँदै कटारी सेमिफाइनल प्रवेश



खगेन्द्र कार्की ,सप्तकोसी /उदयपुर को चौदण्ढि गढि नगरपालिका बर्खेडाडा मा जारि ९ औं नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको मङलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा चित्लाङ फुटबल क्लब काठमाडौ लाइ हराउँदै कटारी फुटबल क्लब उदयपुर सेमिफाइनल प्रवेश गरेको छ ।

खेल शुरु भएको ३२ औं मिनेटमा काठमाडौको तर्फबाट जर्सि न ११ का राजिब लोप्चनले गोल गर्दै टिमलाई अग्रता दिलाएता पनि तुरुन्तै ३९ औं मिनेटमा कटारीको तर्फबाट जर्सि न ८ बिदेशी खेलाडी बेबोले गोल फर्काउदै टिम लाइ १-१ गोलको बराबरी ल्याएका थिए।खेलको दोस्रो हाल्फको ३ औं मिनेटमा कटारीको तर्फबाट जर्सि न ६ का कोमल खवासले थप एक गोल गरि काठमाडौलाइ २-१ गोलअन्तर ले हराउँदै कटारी सेमिफाइनल प्रवेश गरेको छ। आजको बिजेता कटारिले दोस्रो सेमिफाइनल खेल न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी संग बिहीबार प्रतिस्पर्धा गर्ने छ।
नारदमनि थुलुङ स्मृति रंगशालामा जारी नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बुधबार आयोजक बसाहा फुटबल क्लब उदयपुर र बागमती फुटबल क्लब सर्लाही बिच हुने र दोस्रो सेमिफाइनल खेल बिहिवार न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी र कटारी फुटबल क्लब उदयपुर बिच हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता उप विजेता टिमलाइ क्रमशः नगद रु ४ लाख १ हजार र २ लाख १ हजार र ट्रफी मेडल प्रमाणपत्र बितरण गरिने बसाहा फुटबल क्लबका अध्यक्ष गौतम राइले जानकारी दिए।



