नारदमुनी थुलुङ स्मृति गोल्डकपमा त्रियुगा स्पोर्ट्स क्लब फाइनलमा प्रवेश



खगेन्द्र कार्की ,सप्तकोसी /उदयपुर को चौदण्ढि गढि नगरपालिका ४ बर्खेडाडा मा जारि ९ औं नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको बिहीवार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा कटारी फुटबल क्लब उदयपुर लाइ ४-० गोल अन्तरले हराउँदै न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी फाइनलमा प्रवेश गरेको छ।

प्रतियोगिताको बिहीवार भएको दोस्रो सेमिफाइनल खेलमा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरीको तर्फबाट खेल शुरु भएको ६ मिनेटमा त्रियुगा का जर्सि न ७ का फोफोना ले एक गोल गर्दै टिमलाइ अग्रता दिलाए भने २५ र ३७ औं मिनेटमा त्रियुगा कै तर्फबाट जर्सि न १० का फोफोना इब्राहिम ले २ गोल गरि पहिलो हाल्फमै ३-० को अग्रता लिएको त्रियुगाले दोस्रो हाल्फको ३६ औं मिनेटमा जर्सि न ७ का फोफोनाले थप एक गोल गर्दै कटारी लाइ ४-० गोल अन्तरले हराउँदै फाइनलको को यात्रा तय गरेको छ।



आज भएको खेलको म्यानअफद म्याच न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरीका जर्सी नम्बर १५ का टिम क्याप्टेन कुलदिप कार्की घोषित भएका थिए।




प्रतियोगिताको फाइनल खेल शनिबार न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी र बागमती फुटबल क्लब सर्लाही बिच हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता उप विजेता टिमलाइ क्रमशः नगद रु ४ लाख १ हजार र २ लाख १ हजार र ट्रफी मेडल प्रमाणपत्र बितरण गरिने बसाहा फुटबल क्लबका अध्यक्ष गौतम राइले जानकारी दिए।





