सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिकामा दशैको लागि आवश्यक नयाँ नोटको अभाव भएको छ।
चाडपर्वको समयमा मानिसहरुले नयाँ नोटको बढी खोजी गर्ने भएकाले हरेक बर्ष दशैँलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले नयाँ नोट आफ्ना ग्राहकहरुलाइ उपलब्ध गराउ निकाल्ने गर्दछ तर, दशैं तिहार लक्षित नयाँ नोट सप्तकोसीमा भने यो पटक आइपुगेन । सप्तकोसीमा क र ख बर्गका ४ वटा बैंक र बितिय सस्था सहकारी गरि दर्जनौं रहेता पनि अधिंकाश बैँकले नयाँ नोट नल्याएकाले सर्वसाधरणले नयाँ नोट नपाएका हुन् ।

यो वर्ष सप्तकोसी का बैंकहरु मा नयाँ नोट नआएको बैँकका कर्मचारीहरु बताँउछन् सप्तकोसी मा रहेको एउटा नेपाल बैंक र त्रियुगा सहकारीले मात्र नयाँ नोट ल्याएकोले नयाँ नोट्को अभाब भएको स्थानीय हरुको भनाइ छ । बैँकमा नयाँ नोट सटहीका लागि उल्लेखनिय मात्रमा ग्राहक आएपनि दिन नसकिएको लुम्बिनी बिकास बैंक फत्तेपुर शाखा प्रमुख रमेश पौडेल बताँउछन् । राष्ट्र बैंकले यो वर्षसर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने गरी नियम बनाएता पनि सप्तरी जिल्ला मा नै नयाँ नोट नआउँदा सेवाग्राही निराश बनेका छन् ।

दशैं तिहारमा टीका लगाएर दक्षिणाका रुपमा नयाँ नोट दिने प्रचलन रही आएको छ । यस्तै, चाड पर्वका बेला बैंकले पनि नयाँ नोट ग्राहकहरुका लागि भन्दै उपलब्ध गराउने गरेको थियो । तर, यस पटक सप्तकोसीका नागरिक नयाँ नोट पाउनबाट वञ्चित भएका छन् ।

Facebook Comments Box