बिधालयस्तरवाटै खेलाडी उत्पादन गर्नुपर्ने :-प्रदेश सभा सदस्य सिँह



चन्दनकुमार यादब-राजबिराज /मधेश प्रदेश सरकारका अर्थ तथा याेजना समिति का सभापति तथा प्रदेश सभा सदस्य सतिश कुमार सिँहले बिधालय स्तरवाट नै खेलाडी उत्पादन गर्नुपर्नेमा जाेड दिएका छन।
सप्तरी जिल्ला खेलकुद बिकास समिति द्वारा बिजया दशमी,शुभदिपावली तथा छठ पर्वकाे अवसरमा शुभकामना अादान प्रदान कार्यक्रममा बनेल्दै उनले भने स्कुल वाटै बिधार्थीहरूलाई अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिएमा उनीहरूमा भएका प्रतिभालाई उजागर गर्न सकिने बताए।

प्रदेश सभा सदस्य सिँहले बालबालिकाकाे बृद्वि बिकास का लागि मनोरञ्जन दिने कुनै पनि क्रियाकलापलाई खेल भन्न सकिन्छ भने बालबालिकाको सिकाइका लागि खेल सबैभन्दा प्रभावकारी विधि भएकाे बताए।


मधेश प्रदेश क्रिकेट सँघ सदस्य समेत रहेका सिँहले मधेश प्रदेश भित्र भएका अाबश्यक खेल मैदानकाे मर्मत सम्भार गर्ने याेजना अनुसार यस आर्थिक बर्षमा खेलमैदान निर्माण तथा मर्मत सम्भार गर्न पबिमाबि र राजरंगशाला खेलमैदानमा बजेट छुटयाएकाे बताए।

कार्यक्रममा खेलकुद बिकास समितिका कार्यालय प्रमुख दिनेश भुजेलले विभिन्न खेलकाे लागी प्रशिक्षक अभाव रहेकाे बेला खेलाडीहरूलाई प्रशिक्षण गर्न खेलमैदान समेत ब्यबस्थित नहुदाँ खेलकुद गतिबिधि संचालन गर्न कठिनाई भईरहेकाे गुनासाे गरे।


भाराेताेलन प्रशिक्षक समेत रहेका भुजेलले राष्ट्रपति रनिगं शिल्ड प्रतियाेगितामा सप्तरीका पालिकाहरूले प्रतियाेगिता संचालन निर्देशिका बमाेजिम नगर्दा गतिबिधि गर्न चुनाैती हुने गरेकाे बताए।

अाउने दिनमा प्रतियाेगिताहरू संचालन गर्न खेलकुद बिकास समिति सँग समन्वय गर्नुपर्ने बताउदै पालिका यस प्रति गम्भिर हुनुपर्ने बताए।
उक्त अवसरमा सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादबले मधेश प्रदेश सरकारले स्थानिय स्तरवाटै खेल र खेलाडीकाे बिकासलाई जाेड दिईदै बृहत् याेजना ल्याउनुपर्नेमा जाेड दिए।

फुटवल सँघका अध्यक्ष राजकुमार परियारले बि.स २०१६ सालमा निर्माण भएकाे खेलकुद बिकास समिति अहिले जिर्णभवनमा जाेखिमपुर्ण खेल अभ्यास गर्नु बाध्य रहेकाे बताए।
जनमत पार्टीका युवा नेता रघुनन्दन यादबले खेलकुद बिकास समितिकाे कल्वलाई ब्यबस्थित
स्तरबृद्वि गर्नुपर्नेमा जाेड दिए।

यसैगरी उक्त अवसरमा सप्तरी जिल्ला खेलकुद बिकास समितिमा १८ बर्ष देखि सहायक प्रशिक्षकमा काम गर्दै आएका संजय जाेशी, उमेश गुरूगं, सिताराम चाैधरी संजय परियारकाे स्तरबृद्वि भई अधिकृतमा बढुवा भएको प्रदेश सभा सदस्य सतिश कुमार सिँहले गम्छा ओढाएर सम्मान गरेका थिए।

साे अवसरमा प्रशिक्षक, खेलाडी, कर्मचारी लगायतकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रमकाे संचालन प्रशिक्षक संजय परियारले गरेका थिए।


