खगेन्द्र कार्की ,सप्तकोसी /उदयपुर को चौदण्ढिगढि नगरपालिका ४ बर्खेडाडा मा जारि ९ औं नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सर्लाही ले कब्जा गरेको छ।

नारदमुनि थुलुङ स्मृति रंगशाला मा शनिबार सम्पन्न फाइनल खेलमा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरीलाइ १-० गोल अन्तरले हराउँदै बागमती फुटबल क्लब सर्लाहीले उपाधि कब्जा गरेको छ।


खेल शुरु भएको ३ मिनेटमा सर्लाहीका जर्सि न २३ का सृजन गौतमले एक गोल गर्दै टिमलाइ १-० को अग्रता दिलाएका थिए निर्धारित समयमा दुबै टिमबाट कुनै थप गोल हुन नसके पछि सर्लाहीले १-० गोल अन्तरले सप्तरीलाइ पराजित गर्दै नारदमुनि थुलुङ स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि कब्जा गरेको हो।प्रतियोगिता को म्यान अफ द म्याच न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी का कप्तान जर्सि न १५ का कुलदिप कार्की घोषित भएका थिए।


नारद मनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता मा प्रतिष्ठित ८ वटा टिम न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी ,एभिनीयर फुटबल क्लब काठमाडौ,दमक फुटबल एकेडमी झापा,कटारि फुटबल क्लब उदयपुर ,एभरेस्ट फुटबल क्लब सुनसरी चारतारे फुटबल क्लब मोरङ ,बागमती फुटबल क्लब सर्लाही र आयोजक बसाहा फुटबल क्ल्बले सहभागिता जनाएका थिए।


प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि कोशी प्रदेश सभाका सदस्य सम्झना तामांग बिशेष अतिथि चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा, पुर्व नगर प्रमुख खगेन्द्र राई,लगायतले बिजेता उप बिजेता टिमलाइ क्रमशः नगद रु ४ लाख १ हजार र २ लाख १ हजार र ट्रफी मेडल प्रमाणपत्र बितरण गरिएको बसाहा फुटबल क्लबका अध्यक्ष गौतम राइले जानकारी दिए।

Facebook Comments Box