टिकाको उत्तम साइत आज ११ बजेर २ मिनेटमा



सप्तकोसी /२०८० सालको विजयादशमीको टिका थाप्ने उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा उत्तम साइत रहेको छ। नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको बिजया दशमि टिकाको साइत सार्वजनिक गरेको हो ।यस वर्षको बडादसैँ अर्थात दुर्गा पक्षको सुरुवात असोज २८ गते आइतबार देखि शुरु भएको छ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिनबिहान ११ः२९ बजेको साइतमा घटस्थापना गरिएको थियो ।

घटस्थापनाका दिनचित्रानक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने समितिको भनाइ छ । देवीविसर्जनको साइत भने आज कात्तिक ७ गते मंगलबार विजयादशमीका दिन बिहान १०ः३७ बजे रहेको छ । देवीविसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभएपनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको समितिले जनाएको छ ।





गत साउनमहिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडादसैँ सुरु भएको हो । कात्तिक पहिलो साता बडादसैँको मुख्यदिन अर्थात् विजयादशमी परेको छ । कात्तिक ११गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादसैँ पर्व समाप्त हुन्छ ।


