सप्तकोसी /आज आश्विन शुक्ल पूर्णिमा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आश्विन शुक्ल पूर्णिमा (कात्तिक ११ गते शनिबार) खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको हो । राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सूतक दिउँसो ४:१९ बजेदेखि सुरु हुनेछ ।
राति २:३८ बजे ग्रहणको मोक्ष हुनेछ । समितिले स्वीकृति दिएको पात्रो (पञ्चांग) अनुसार यो चन्द्रग्रहण २०८० सालमा लाग्ने एउटै ग्रहण हो ।


ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्नु हुन्छ।विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन।आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म तीन दिन यस्ता कर्म गर्नु नहुने शास्त्रीय वचन रहेको छ।


चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । दिउँसो ४स्१९ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ।


गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । गत वर्ष चान्द्रमासअनुसार कात्तिक कृष्ण औंसीमा सूर्यग्रहण र कात्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण औंसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ ।

Facebook Comments Box