सप्तकोसी /उदयपुरको चौदण्डीगढी नगरपालिका स्थित मदनभण्डारी राजमार्गको द्वारखोला पुल नजिक सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छ्न। मदनभण्डारी राजमार्ग अन्तरगत बेल्टार सडक खण्डमा दुई सवारी एकआपसमा ठोक्किदा एक जना घाइते भएको बेल्टार प्रहरीले जनाएको छ ।

मधेस प्रदेशको धनुषा बाट सुनसरी जादै गरेको मधेश प्रदेश ०१-००१ ज ०१०५ नम्बरको हाइस र भोजपुर बाट रामेछाप जाँदै गरेको बा ७७ प ७४७९ मोटरसाइकल ठोकिदा मोटरसाइकल चालक अन्दाजी ३० बर्षिया राम नारायण खड्गी घाइते भएको सशस्त्र प्रहरी बेश क्याम्प बेल्टारका प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरक शाहीले जानकारी दिए । सशस्त्र प्रहरी निरीक्षक शाहीका अनुसार दुर्घटना सशस्त्र प्रहरी बेश क्याम्प बेल्टार नजिक भएकोले आफु नेतृत्वको सशस्त्रको टोलीले तत्काल घाइतेको उद्धार गरि उपचारको लागी नगर अस्पताल बेल्टार पठाएको हो ।

मोटरसाइकललाइ ठक्कर दिने हाइस चालक अन्दाजी २३ बर्षका राम नारायण शाहलाइ पक्राउ गरि आवस्यक थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेल्टारको जिम्मा लगाइएको छ ।

Facebook Comments Box