कञ्चनरुप, कार्तिक १३ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट श्रोत नखुलेको १० लाख भन्दाबढी नेपाली रुपैया सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका ३ का ३९ वर्षीय जयप्रकाश यादव रहेका छन् ।
विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले आइतबार राति यादव सवार मधेश प्रदेश २-०१-००१ प ०७०८ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा मोटरसाईकलको सिट कभर भित्र लुकाई छिपाई राखेको अवस्थामा श्रोत नखुलेको रु.१० लाख ९८ हजार रकमसहित नियन्त्रणमा लिएको हो ।
यादवलाई उक्त रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Facebook Comments Box