सप्तकोसी / सामाजिक संजाल मार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा सिरहाका युट्युबर मनोजकुमार महतो पक्राउ परेका छन्। काठमाडौ बस्दै आएका सिराहाको लहान नगरपालिका–२४ घर भएका मनोजलाई प्रहरीले बुधबार बेलुका पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता एसपी पशुपतिकुमार रायकाअनुसार मनोजविरुद्ध एक महिलाले टिकटक र फेसबुकमार्फत् आफ्नो तस्विर र भिडियो प्रयोग गरेर चरित्रहत्या गरेको भन्ने जाहेरी का आधारमा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले मनोज विरुद्ध बिहीबार विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । प्रहरीले ती महिलाको उजुरीका आधारमा प्रारम्भिक अनुसन्धान गर्दा कसुर गरेको खुलेपछि महतोलाई पक्राउ गरी मुद्धा चलाएको हो।

Facebook Comments Box