सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। दारी ग्याङ फत्तेपुरको आयोजना तथा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर र नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा संचालित रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेको दारी ग्याङ फत्तेपुरका संयोजक सन्तोष कटवाल ले जानकारी दिए।

“आज अरुको लागि भोलि आफ्नो लागि” भन्ने मुलनाराको साथ आयोजना गरिएको रक्तदान कार्यक्रम बाट ५५ पिन्ट रगत सकलन गरि नेपाल रेडक्रस सोसाइटी सुनसरी ब्लड बैंकमा जम्मा गरिएको आयोजकले जनाएको छ। दारी ग्याङ फत्तेपुरले यो समेत चौथो पटक रक्तदान कार्यक्रम आयोजना गरि ब्लड संकलन गरेर विभिन्न ब्लड बैंक हरुमा बल्ड जम्मा गरिसकेको आयोजकले जनाएको छ।

Facebook Comments Box