शिबप्रसाद आचर्य,सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिका वडा न १० भगनि मा शिक्षा क्षेत्रको बर्तमान अवस्था बिषयक सम्बाद कार्यक्रम शनिबार सम्पन्न भएको छ । सप्तकोसी नगरपालिका को आयोजना तथा प्रदेश सभा सदस्य राजकुमार लेखिको सहयोगमा शिक्षा क्षेत्रको बर्तमान अवस्था बिषयक सम्बाद कार्यक्रम आयोजना गरि शिक्षा क्षेत्रका समस्या र समाधान को बिषयमा छलफल गरिएको छ।
कार्यक्रम मा बोल्दै प्रमुख अतिथी मधेस प्रदेश का सासद राजकुमार लेखिले शिक्षाको गुणस्तर परिबर्तन मा स्थानीय निकायको दायित्व प्रमुख हुने बताए।कार्यक्रम मा बोल्दै लेखिले राष्ट्र बिकासको जग नै शिक्षा क्षेत्र रहेकाले जगलाइ बलियो पार्नु पर्ने मा सहभागी सबैलाइ अनुरोध गरे।
कार्यक्रम मा बोल्दै कार्यक्रम का बिशिस्ट अतिथी सप्तकोसी नगरपालिका का मेयर कृष्ण प्रसाद ढकालले शिक्षा परिबर्तन सङ सगै ब्यक्ती आफू पनि परिबर्तन हुनु पर्ने बताए। नगर प्रमुख ढकालले कार्यक्रम मा बोल्दै नगर भित्र मा संचालित निजि होस वा सामुदायिक कुनै बिधालय समस्या रहे शिक्षा शाखा होस वा शिक्षा समिति सङ सहजीकरण गरि शिक्षण सिकाइ को उच्चतम तह प्रदान गर्न आग्रह गरे।


कार्यक्रम मा सहजकर्ता का रुपमा रहेका त्रि चन्द्र कलेजका उप प्रध्यापक दिपक कुमार गुप्ताले शैक्षिक गतिविधि को कार्य पत्र प्रस्तुत गर्दै मधेस प्रदेस शैक्षिक शुधारको दृस्टृकोण मा अन्य प्रदेस भन्दा पछाडी रहेको बताए। सप्तरी जिल्ला को हकमा राजबिराज नगरपालिका साक्षरता दर मा पहिलो रहेको र सप्तकोसी नगरपालिका दोस्रो रहेको बताए।
स्थानीय जनता मा बि को सभाहलमा सम्पन्न कार्यक्रम मा प्र अ अमर साहले स्वागत मन्तब्य प्रस्तुत गरेका थिए।वडा न ५ का वडा अध्यक्ष गोसाइ चौधरी को अध्यक्षता मा सम्पन्न कार्यक्रम मा कमल चौधरी ले कार्यक्रम सन्चालन गरेका थिए। कार्यक्रम मा हनुमाननगर नगरपालिका ,अग्निसाइर कृष्ण संवरण गापा,कन्चनरुप र सप्तकोसी नगरपलिका गरि चारओटा पालिकाका शिक्षक,ब्यबस्थापन समिती का पदाधिकारी ,बिद्यार्थी ,अभिभावक,बिद्यार्थी लगायत बुद्धिजिबिको सहभागिता रहेको थियो।

Facebook Comments Box