सप्तकोसी / रामराजा सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान निर्माणको माग राख्दै सप्तरीका युवाहरू जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि धर्ना बसेका छन् । स्वास्थ्य बिज्ञान प्रतिष्ठान अबिलम्ब निर्माणको माग राख्दै बिहिवार जिल्ला प्रशासन कार्यलय राजबिराज को मुलगेटमा युवाहरु धर्नामा बसेका छ्न ।
सप्तरी युथ को नेतृत्वमा शुरु गरिएको आन्दोलनमा परिचालन समितिका संयोजक सत्येन्द्र यादवको नेतृत्वमा सप्तरी युथ नेपालका कार्यबाहक अध्यक्ष मोहन यादव,निर्माण स्थलमा रिले अनसन बसिरहेका राम कुमार दास, राजबिराज नगरपालिका प्रबक्ता एवम् वडा नम्बर ८ का वडाअध्यक्ष जय नारायण मण्डल , सप्तरी युथ नेपालका सदस्य मुस्तकिन आलम ,सुरज यादव, बसन्त यादव, अनिल यादव ,एलिस यादव ,ओमकार कर्ण ,करण शर्मालगायतका सप्तरी युथ आवद्ध युवाहरू धर्ना बसेका छन ।
धर्नामा बसेका युवाहरूले सरकारलाई अबिलम्ब प्रतिष्ठान निर्माण कार्य सुरु गर्न आग्रह गरे । काम सुरु नगरेसम्म आन्दोलन जारी राख्ने बताउँदै उनीहरुले शान्तिपूर्ण संघर्षका कार्यक्रमबाट माग सुनुवाइ नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।आन्दोलन अन्तर्गत शुक्रबार पनि जिल्ला प्रशासन कार्यलय सप्तरीको मुल गेटमा दुई घण्टा धर्ना दिने र प्रदर्शन गर्ने कार्यक्रम रहेको कार्यवाहक अध्यक्ष यादवले जानकारी दिए ।
२०७८ सालमा नेकपा एमालेका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजविराज नगरपालिका वडा नम्बर १० बिरौलस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान शिलान्यास गरिएको भएता पनि ३ बर्ष सम्म पनि प्रतिस्ठान निर्माणको कुनै काम अझै अघि बढ्न सकेको छैन् ।
प्रतिष्ठान निर्माणस्थलमा बोर्ड राख्ने, जग्गा तारजालीले घेरबार गर्ने र विस्तारित परियोजना प्रतिबेदन (डिपिआर) बनाउनेबाहेक अन्य काम अघि बढ्न सकेको छैन् ।
सोही माग राखी निर्माण स्थलमा स्थानीयबासीले ४६ औं दिनसम्म रिले अनशनको कार्यक्रमलाई जारी राख्दा समेत सरकार भने बेखबर जस्तै छन् ।
उनीहरुले स्वास्थ्य मन्त्री उपस्थित भएर निर्माण कार्य सुचारु गर्ने प्रतिबद्धता नगरेसम्म रिले अनशनलाई निरन्तरता दिने अडान राखेका छन् ।

Facebook Comments Box