एमालेको झुलाघाट–चिवाभञ्ज्याङको यात्रा अभियान शुरु



सप्तकोसी / नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष झुलाघाट–चिवाभञ्ज्याङको अभियान बिहीबार बाट सुरु भएको छ । वैतडीको झुलाघाटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले झन्डा फहराएर अभियानको उद्घाटन गरेका छ्न ।
एमालेको लोकमार्ग केन्द्रित अभियानलाई ‘समृद्धिका लागि समृद्धिको यात्रा’ नारा लिएर वैतडीको झुलाघाट देखि पाँचथरको चिवाभञ्ज्याङसम्मको यात्रामा निस्किएको हो ।
एक हजार ८सय ७९ किलोमिटर लामो लोकमार्गको यात्राका क्रममा गाउँ बस्तीमा जनताको गुनासो सुन्दै विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै गरिने एमालेले जनाएको छ ।

अभियानको पहिलो दिन(आज)को सभा बैतडीको गोठालापानीमा गर्ने तय भएको छ । यात्रालाई निरन्तरता दिँदै पुस २ गते काठमाडौं फर्कने बताइएको छ । पुस ५ गते यात्रा समापनसहित आफ्ना दृष्टिकोण सार्वजनिक गरिने महासचिव शंकर पोखरेलले जानकारी दिए । यात्राका क्रममा लोकमार्गलाई फास्टट्रयाकका रुपमा अघि बढाउने सम्भावनाको खोजी गरिने उनले बताए । यात्रामा भविष्यमा व्यवसायिक विषयको खोजी र भ्रमको निवारण गरिने जानकारी दिए ।



