राजबिराज /सप्तरीको राजबिराजमा नेकपा विप्लवका कार्यकर्ताले बुधबार काठमाडौ जिल्ला अदालतका न्यायाधीश कमल गिरिको पुतला दहन गरेका छन ।
नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव) नेता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड)सहितका शिर्ष नेताहरू विरुद्ध न्यायाधीश गिरीको इजलासले पक्राउ पुर्जी जारी गरेको भन्दै नेकपा विप्लवका कार्यकर्ताले न्यायाधीशको पुतला जलाएका छ्न ।
पार्टीका सप्तरी जिल्ला इन्चार्ज रामनाथ सि , सेक्रेटरी होक्कान सि, डिसिएम सोनामी सि, रामआशिष सिको नेतृत्वमा महासचिव विप्लव नेता प्रकाण्ड सहितका नेताहरुमाथि जारी पक्राउ पुर्जी खारेज गर, नेपाल सरकार र पार्टी विच भएको तीन बुंदे सहमति कार्यान्वयन गर, काठमाडौंका न्यायाधीश कमल गिरि मुर्दावाद, नवजनवादी क्रान्ति जिन्दावाद लगायतका विभिन्न नारा लगाउदै सप्तरी जिल्ला अदालत अगाडि पुतला दहन गरिएको थियो । काठमाडौ जिल्ला अदालतले २०७६ पुसको मुद्दा व्यँताउँदै सोमबार नेकपा विप्लवका महासचिव विप्लव, नेता प्रकाण्ड, माईला लामा लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।
तीन बुंदे सहमति विपरीत आदेश जारी भएको विरुद्धमा नेकपा विप्लवले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ३ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।
कार्यक्रम अन्तर्गत २०८० मंसिर १९ गते देशव्यापी मसाल जूलूस प्रदर्शन, २० गते जिल्ला अदालत काठमाडौका न्यायाधीशको पुतलादहन गर्ने र २१ गते विरोध प्रदर्शन सहित कोणसभा आयोजना गर्ने आन्दोलनका कार्यक्रम घोषणा गरेको जिल्ला सेक्रेटरी होक्कान सिले जानकारी दिए ।

Facebook Comments Box