सशस्त्र प्रहरीद्वारा २ सय ४० किलो गाँज बरामद



कञ्चनरुप, ५ पुस । सशस्त्र प्रहरीले सप्तरीको कोशी पलार क्षेत्रबाट २ सय ४० किलो लागूऔषध गाँजा बरामद गरेको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ८ स्थित कोशी पलार क्षेत्रबाट २ सय ४० किलो लागूऔषध गाँजा बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल बिओपी बर्साइनको टोलीले कोशी पलार क्षेत्रबाट बिहिवार उक्त गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वाटर सप्तरीले जनाएको छ ।
बरामद गाँजा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
Facebook Comments Box

